छुपुमा छुपु हिलोमा धान रोपेर छाेडाैला,
बनाइ कुलो लगाइ पानी आएर गाेडाैला !
भनेर सानी पटुकी रातो बाधेर झरेकी,
धमिलो खोला बाढीले होला कसरी तरेकी ?
गालामा साना पसिना दाना मोति झै खुलेकी,
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी ?
पुग्ने बेलुकी बाले झोँसिएको दाल भात,
भोलिपल्ट फेरि उही सपना, उही घात।
श्रमको मेलामा चन्द्रमुखी झैँ फूलकी,
माटोमै स्वर्ग देख्ने ती सानी अनमोलकी।
धान झर्दा रुनु होइन, मुस्कान सँगै बग्छिन,
नेपालकी छोरी, खेतैको रानी, धर्तीकी लक्ष्मी हुन्।