"आमा म होमवर्क सकेर छिट्टै फर्किन्छु है" निर्मलाले सानो प्लास्टिकमा आफ्ना साथीहरूका लागि केही अम्बा पोको पारिन्, आफ्नो पुरानो साइकल निकालिन् अनि मुस्कुराउँदै घरको आँगनबाट निस्किइन्।
दिन ढल्यो, साँझ पर्यो, तर निर्मला फर्किनन्। ब :म दिदीबहिनीको घरबाट दिउँसो २ बजे नै निर्मला निस्किसकेको भनिएको थियो तर उनी साँझ ८ बजेसम्म घर पुगिनन ।
आत्तिएकी आमा र परिवार जब प्रहरी चौकी पुगे, त्यहाँ उनीहरूले राज्यको पहिलो धोका पाए।
छोरी हराएको पीडामा छटपटाइरहेका आमाबुवालाई बर्दीधारी रक्षकहरूले जवाफ दिए– "पोइला गइहोली, के'टासँग घुम्दै होली।" यदि त्यो रात प्रहरीको त्यो असंवेदनशीलता नभएको भए, यदि तत्काल ‘सर्च अपरेसन’ चलेको भए, सायद कथाको अन्त्य अर्कै हुन सक्थ्यो।
भोलिपल्ट बिहान। साउन ११ गते। घरभन्दा केही परको उखुबारीमा निर्मलाको नि' र्जीव शरीर भेटियो। त्यो दृश्यले मान्छेको मात्र होइन, मानवताकै सातो उडाएको थियो। तर, त्यो वि 'भत्स घ 'टनाभन्दा ड 'रलाग्दो दृश्य त त्यसपछि देखियो।
अप 'राध अनुसन्धानमा घट 'नास्थललाई ‘मन्दिर’ मानिन्छ, तर त्यहाँ रक्षकहरू नै भक्षकको मतियार बनेजस्ता देखिए। एउटा अबोध बालिकाको श' *व नजिकै भेटिएको सुरुवाल– जुन ब * त्का 'रको सबैभन्दा ठूलो प्रमाण हुन सक्थ्यो– त्यसलाई प्रहरीले नै पानीमा चोबलेर पखालिदिए। के त्यो केवल अज्ञानता थियो? वा कसैको पाप पखाल्न गरिएको नियोजित षड्यन्त्र?
भीड जम्मा भयो। निर्मलाको साइकल र कापी-किताबहरू श* 'वभन्दा केही पर असरल्ल थिए, तर त्यहाँ कुनै संघर्षको चिन्ह थिएन। मानौँ, ह' *त्या अन्तै कतै गरेर श 'व त्यहाँ सजाइएको थियो। तर, प्रमाण नष्ट गर्ने हतारोमा फरेन्सिक टोली नपुग्दै श 'व उठाइयो। सत्य त्यही उखुबारीको माटोमुनि सधैँका लागि दबियो।
त्यसपछि खेलियो झन् ठूलो खेल जनताको आ 'क्रोश बढ्दै जाँदा राज्यले एउटा ‘पात्र’ खडा गर्यो– दिलिप सिंह विष्ट। ४१ वर्षीय मानसिक सन्तुलन गुमाएका एक व्यक्ति।
प्रहरीले एउटा तयारी पटकथा सुनायो, "यसैले हो निर्मलालाई मा* 'रेको।" प्रमाणको नाममा उसको खल्ती च्यातिएको कमिज देखाइयो।
बन्द कोठाभित्र दिलिपलाई के गरियो, त्यो पछि मात्र बाहिर आयो। "तँ यो
अ *पराध स्वीकार गर, हामी तँलाई मासु र र 'क्सी दिन्छौं, नत्र मा *रिदिन्छौं"– एउटा मानसिक रोगीलाई दिइएको यो प्रलो 'भन र या 'तना न्याय प्रणालीको अनुहारमा लागेको कालो पोत थियो।
तर, झूटको आयु छोटो हुन्छ। निर्मलाको श 'रीरबाट संकलन गरिएको (जतिसुकै विवादित भए पनि) DNA र दिलिपको DNA मिलेन।
विज्ञानले राज्यको झूटलाई स्वीकार गर्न मानेन। एउटा निर्दोष जोगियो, तर असली अ* 'पराधी अझै पर्दा पछाडि नै मुस्कुराइरह्यो।
निर्मलाको न्याय माग्दा सडक आ 'गो बन्यो। सिङ्गो देश रोयो। कञ्चनपुरको सडकमा नारा लाग्यो, "सरकार, निर्मलालाई न्याय दे!" तर सरकारले न्यायको साटो गो' *ली चलायो।
भदौ ८ गते। १७ वर्षीय सन्नी , जो निर्मलाका लागि न्या 'य माग्दै सडकमा आएका थिए, प्रहरीको गो* *ली लागेर ढले। एउटा ह' *त्याको छानबिन गर्नुपर्ने राज्यले अर्को ह* 'त्या गरेर जवाफ दियो।
आज वर्षौं बितिसक्यो। घट* 'नास्थल नजिकैको सेनाको ब्यारेक, ब :'म दिदीबहिनीको त्यो घर,पटकपटक फेरिएका बयानहरू, घ 'टना हुँदा बित्तिकै रंगरोगन लगाइएका ती कोठाहरू, सुरवाल पखाल्ने प्रहरीहरू र शंकाको घेरामा रहेका 'भीआईपी' अनुहारहरू– सबै रहस्यकै गर्भमा छन्।
निर्मलाका बुबा यज्ञराज पन्त, जो न्याय माग्दामाग्दै सडकमा बर्राउने अवस्थामा पुगे, उनको मानसिक सन्तुलन डगमगायो। आमा दुर्गा देवी, जो राज्यसँग लड्दालड्दै थाकिन्, अन्ततः हार मानिन्।
यो कथाको अन्त्य अझै लेखिएको छैन। निर्मलाको ह'त्यारा आज पनि स्वतन्त्र हिँडिरहेको छ। उनको नाममा कार्यक्रम चलाउनेहरू गृहमन्त्री बने, प्रधानमन्त्री, कानुनमन्त्री, आइजीपी, डीआइजी सबै फेरिए।
तर नफेरिएको एउटा मात्रै सत्य के हो भने—
"निर्मलाको आत्माले अझै शान्ति पाएको छैन।"
निर्मला पन्तप्रति हार्दिक श्रद्धाञ्जली!
#NirmalaPanta
https://youtube.com/@rajufilmyjunction?si=cCmXX87Yn7XPtlu